Thursday, June 18News That Matters

त्रियुगामा र बेलकामा थपियो माओवादी

पूर्णपुष्टि, मंसिर १९ ।
२०८१ मंसिर १६ को उपनिर्वाचनमा उदयपुरमा माओवादीले सानदार जित निकाल्यो । उदयपुरको दुई स्थानमा रिक्त रहेको वडाअध्यक्ष पदको पदपुर्ति गर्न गरिएको उपनिर्वाचनमा त्रियुगा १२ र बेलका ९ दुवै वडामा माओवादीले जित निकाले पछि माओवादी त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा थपिएको छ । १६ ओटा रहेको त्रियुगामा गत ८९ को निर्वाचनमा माओवादीले १६, १५ र १४ गरी तिन ओटा वडाहरु मात्रै जितेका थिए । यस उपनिर्वाचन पश्चात माओवादीले त्रियुगा १२ मा जित निकाले सँगै ४ ओटा वडा माओवादीले कब्जा गरेको हो । त्रियुगाको पहाडी ३ ओटा वडामा मात्रै माओवादीले गत निर्वाचनमा जित निकालेका थिए ।

हाल एउटा सहरी वडा पनि माओवादीले थपेको छ । त्रिनपा १६ मा मान वहादुर राई, १५ मा गणेश तिमिल्सिना र १४ हिमराज मगर वडाअध्यक्ष छन् । यो सँगै १२ मा नविन राईले उपनिर्वाचनमा जित निकाल्यो । गत निर्वाचनमा कांग्रेसले त्रियुगामा बर्चश्व राखेका थिए । १२ नं वडा पनि कांग्रेसकै पोल्टोमा परेको थियो । वडाअध्यक्ष चुडामणी काफ्लेको दुर्घटनामा मृत्यु भएपछि त्यस ठाउँमा उपनिर्वाचन भएको थियो । यस क्रममा कांग्रेसबाट माओवादीले वडाअध्यक्ष खोस्न सफल भयो । नविनले एमालेका लक्ष्मी नारायण चौधरीलाई ३१५ मतान्तर र कांग्रेस उम्मेदवार सन्जीव काफ्लेलाई ४५४ मतको फराकिलो अन्तरले हराएर नगरपालिका प्रवेश गरे ।

त्रियुगाको ४ वडामा एमाले, ४ वडामा माओवादीले जित निकाल्दा उपमेयर एमालले जित्दा मेयर सँगै ८ ओटा वडा कांग्रेसको पोल्टामा छ । यस्तै बेलकामा पनि माओवादीले संख्या थपेको छ । गत निर्वाचनमा २ मात्रै वडा जितेको माओवादीले ९ नं वडामा उपनिर्वाचको जित सँगै ३ ओटा वडामा कब्जा जमाएको छ । ९ ओटा वडा रहेको बेलकामा वडा नं ७ र ८ पहिलो चनावमै जितेका थिए । पछि ९ नं वडा पनि माओवादीले नै जिते पछि तिन वडा माओवादीको कब्जामा आयो । माओवादी उम्मेदवार भरत घिमिरेले एमालेका उम्मेदवार मोहन खड्कालाई ३४ मतान्तरले पछि पार्दै जित निकालेका थिए । भरतले ५५९ मत प्राप्त गर्दा उता एमालेका खड्काले ५२५ मत मात्रै प्राप्त गरे । त्यस्तै कांग्रेसका नवराज बस्नेतले ४०४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।