Wednesday, April 22News That Matters

त्रियुगा १२ को अध्यक्षमा निर्वाचित नविन राईको सपथ सँगै पदभार ग्रहण

पूर्णपुष्टि, मंसिर १९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा उपनिर्वाचनबाट निर्वाचित अध्यक्ष नविन कुमार बान्तवा राईले पदभार ग्रहण गरेका छन् । बुधबार सम्पन्न एक समारोहमा नगर प्रमुख बसन्त कुमार बस्नेतले राईलाई वडा अध्यक्षको प्रमाणपत्र हस्तान्तरण सँगै सपथ गराएका थिए ।

सपथ पछि लगत्तै पदभार ग्रहण गरेका अध्यक्ष राईले वडा कार्यालयबाट छिटो र छरितो सेवा प्रवाह गर्ने बताएका छन् । उनले जनताको विश्वास र समर्थनमा जित हासिल गरेको स्मरण गर्दै जनताको हितमा काम गर्ने दृढ संकल्प व्यक्त गरे । राईले आफ्नो कार्यकालमा सबै जनताका अपेक्षाहरू तुरुन्त पूरा गर्न कठिन हुन सक्ने तर उनी आफ्नो पूरै प्रयासले जनताको सेवामा तत्पर रहने प्रतिबद्धता जनाए । राई यहि मंसिर १६ गते भएको उपनिर्वाचनबाट वडाअध्यक्ष पदका लागि बिजयी बनेका थिए । उनले एमालेका लक्ष्मी नारायण चौधरीलाई ३१५ मतले पछि पार्दै अध्यक्षमा जित निकालेका थिए । राईले ९२३ मत प्राप्त गर्दा चौधरीले ६०८ मत मात्रै प्राप्त गरेका थिए । यता गत निर्वाचनमा जित निकालेका कांग्रेस तेस्रो अवस्थामा खुम्चियो । उनले ३५९ मत मात्रै प्राप्त गरेका थिए ।