Sunday, June 14News That Matters

उदयपुरमा १५ औं पुस्तकालय दिवसमा वकृत्वकला प्रतियोगिता, प्याराडाईज बोडिङ प्रथम

पूर्णपुष्टि, भदौ १५ गते ।
१५ औं पुस्तकालय दिवसको अवसरमा बुधवार उदयपुरको संगम सामुदायी पुस्तकालयले वकृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयले आयोजना गरेको प्रतियोगितामा प्याराडाईज बोडिङ स्कुल गाईघाटले प्रथम स्थान ल्याएको छ । प्याराडाईजले “पढौ पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ ।” विषयमा आफ्नो प्रस्तुती दिएर ७ वटा स्कुलहरुलाई पछाडी पार्दै प्रथम स्थान हसिल गरेको हो ।
प्रतियोगितामा जिल्ला भरिका ८ वटा विद्यालयबाट १५ जना विद्यार्थी सहभागी भएका थिए । कक्षा ९ देखि १२ सम्ममा अध्यनरत विद्यार्थीहरु सहभागी रहेका थिए । प्रथम प्याराडाईजका निश्चला थापा, द्धितीय जनजोती मा.बि.का विभा ठाकुर, तिृतीय प्याराडाईजकै शौजन्य खत्री र सानत्वनामा सृष्टी दाहाल भएका छन् । जिल्ला स्तरीय वकृत्वकला प्रतियोगितामा प्रथम स्थान ल्याउने विद्यार्थीले भदौ १७ गते हुने प्रदेश स्तरी प्रतियोगितामा सहभागी हुने अवसर पाउने छ । १७ गते प्रदेश स्तरीय वकृत्व प्रतियोगिता हुन लागेको प्रदेश १ सामुदायीक पुस्तकालय महासघंका अध्यक्ष भरत खड्काले बताउनुभयो । १४ जिल्लाबाट प्रथम भएकाले प्रदेश स्तरीयक प्रतियोगितामा सहभागी हुन पाउने खड्काले जानकारी दिनु भयो । भदौ १५ र १७ गतेका विजेताहरुलाई भदौ २३ गते शिक्षा दिवसको अवसरमा कार्यक्रम गरि पुरस्कार वितरण गरिने खड्काले बताउनुभयो ।