Sunday, June 14News That Matters

तीजको नाच हेर्न गएका युवाबीच झडप हुँदा एकको मृत्यु

पूर्णपुष्टि, भदौ १५ गते ।
तीजको नाच हेर्ने क्रममा युवाबीच झडप हुँदा सुर्खेतमा एक युवाको ज्यान गएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका –१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको ज्यान गएको हो ।
जिसीलाई केही युवाहरुले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिसीलाई अस्पताल पु¥याउने व्यक्तिहरुसँग घटनाबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान कार्यलाई अगाडी बढाएको प्रहरीले जनाएको छ ।