Sunday, April 19News That Matters

उदयपुरमा २ जना फरार प्रतिबादी पक्राउ

पूर्णपुष्टि, कटारी, पुष ५ गते ।
उदयपुर प्रहरीले दुईजना बिभिन्न फरार मुद्धाका प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रवार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले चेक अनादर र सवारी ज्यान अंगभंग सम्बन्धी कसुरका २ जना फरार प्रतिबादीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानीत उदयपुर जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।
पक्राउ परेका कटारी नगरपालिका वडा नं। ४ बस्ने बर्ष ४६ को राम कुमार दनुवारलाई चेक अनादर मुद्दामा रु। २,०००।( जरिबाना र कटारी नगरपालिका वडा नं। २ कल्याणपुर बस्ने वर्ष ५१ को प्रेम बहादुर बि।क। लाई सवारी ज्यान अंगभंग मुद्दामा रु ५,०००।– जरिबाना तोकिएको थियो ।