Sunday, April 19News That Matters

उदयपुर रामपुरमा बेवारिसे अवस्थाको गाँजा बरामद

पूर्णपुष्टि, रामपुर पुष ५ गे ।
उदयपुरमा बेवारिसे अवस्थाको गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राति बेलका नगरपालिका वडा न।८ डुम्रिबोटे स्थित सप्तकोशी नदी किनारमा ६ वटा बोरामा प्याक गरी २ वटा ट्युवमा लोड गरेको अवस्थामा २०५ के.जी. ६६५ ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो । बरामद गरिएको लागू औषध इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई राखिएको साथै उक्त लागू औषध ९गाँजा० ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भइरहेको छ ।