
पुर्णपुष्टि, बेलका, पुष ५ गते ।
उदयपुरमा लागुऔषाध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका वडा नं। ९ रामपुरबजार स्थित मदन भण्डारी लोकमार्गमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १०० मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित १ जनालाई पक्राउ गरेको हो ।
बिराटनगरबाट कटारी तर्फ जादै गरेको प्र।१(०२(००२ ख ००६७ नं को बसलाई चेकजाँच गर्ने क्रममा सोही बसका सह(चालक त्रियुगा नगरपालिका वडा नं। ७ कालीखोला बस्ने बर्ष २२ को रेमन मग्रातीले लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका रेमन मग्रातीलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको छ ।
