Saturday, June 6News That Matters

उदयपुरमा ४४ जनाको एन्टिजेन्ट परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

पूर्णपुष्टि, माघ १७
उदयपुरमा आज (सोमवार) ४४ जनामा एन्टिजेन्ट विधिमार्फत कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा १२ पुरुष र ६ जना महिला गरी १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ४० जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु लिम्चुङबुङ गाउँपालिका र स्वास्थ्य कार्यालयमा परिक्षण गरिएकोमा संक्रमण देखिएको छ । लिम्चुङबुङका २ पुरुष र ३ महिला गरी ५ जना र जिल्लामा परिक्षण भएका मध्ये ८ पुरुष र १ जना महिलाको रिपोट पोजेटिभ आएको हो । जिल्लामा कोरोना मुक्त हुनेको संख्या ३९ पुरुष र १६ महिला गरी ५५ जना रहेका छन् ।
स्वास्थय कार्यालयको तथ्याङक अनुसार हालसम्म जिल्लामा १ हजार १ सय ३९ जनाको एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गरिएकोमा ३ सय ६० पुरुष र २ सय ८० जना महिला गरी ६ सय ४० जना संक्रमित भएका ह्न ।