
पूर्णपुष्टि, माघ १७
उदयपुरका कृषकहरुलाई ६० लाख बराबरको कृषि सामाग्री यन्त्रीकरण प्रविधि हस्तान्तरण गरिएको छ । सोमवार प्रधानमनत्री कृषि आधुनिकीकरण परियोजना कार्यावन्यन एकाई उदयपुरले जिल्लाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यान्त्रीकरण सामाग्री बितरण गरेको हो ।

परियोजनाको आ,व,२०७८र०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा परियोजनाको क्षेत्रधिकार भित्रका क्षेत्रहरूका किसानहरूलाई ६० लाख बरावरको कृषी यान्त्रिकरण वितरण गरिएको परियोजना कार्यन्यवयन एकाइ उदयपुरका सुचना अधिकारी उत्तम पोखरेलले बताउनु भयो ।
पोखरेलका अनुसार ५५ वटा समूह र सहकारीले अनुदान प्राप्त गरेको छ । सामाग्रीहरु १ थान ट्याक्टर, १ थान पावरटिल्लर, २५ थान मिनि टिल्लर २९ थान कम्वाई मिल १ थान वीडर, भन्याङ ३ थान,फुड स्प्रेर ६ थान, तौल मेसिन ५ थान, क्रेट २६५ थान, थ्रेसर २ थान, मकै गोड्ने १ थान, चार्जिङ स्प्रेयर १ थान गरि बिभिन्न कृषि आवश्यकीय प्रविधि सामान वितरण गरेको हो ।

सामान जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गपरियारले हस्तान्तरण गरे । सामाग्री वितरणको क्रममा चौदण्डिगढी नगरपालिका वडा नं १ का जीवन कहुउदेश्य कृर्षि फोमले पाएप सिचाई कार्यक्रम, कम्वाईन मिल कार्यक्र २ थान पाएको छ ।
यस्तैगरी चौदण्डिगढी वडा नं ८ दुधकोशी बहुउदेश्य कृषि फर्ममलाई बीउ श्रोत केन्द्रको लागि २२ लाख बराबरको बजेट अनुदान दिएको कृर्षि प्रशासन तथा जिनिसिशाखा प्रमुख सिताराम फुयलले बताए ।

८ वटा चक्लाबन्दिमा सोहीवडाका दुधकोशअी बहुउदेश्य कृर्षि फर्मले ६३५००० कार्यक्रम समेत परेको कृर्षि प्राबिधिक प्रमिला राईले बताईन् । यस्तै चाम्लिङ बहुउदेश्य कृर्षि फर्मलाइ सानासिचाई कार्यक्रम परेको पारिएको छ । यसरीनै अन्य जिल्लाभरीकै व्यवसायीक कृषकहरुलाई बभिन्न आवश्यकीय कृषि उपकरणहरु वितरण गरिएको प्रधानमन्त्री कुषि आधुनिकीकरण परियोजना उदयपुरले जनाएको छ ।

