Wednesday, April 22News That Matters

उदयपुरमा ७ दिने पत्रकारीता तालिम सुरु

पूर्णपुष्टि, असार ३ । उदयपुरमा ७ दिने पत्रकारीता तालिम सुरु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाटस्थित जगत भवनमा सोमबारबाट तालिम सुरु भएको हो ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालय र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर र नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा तालिम सुरु भएको हो ।

‘स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान’ भन्ने नाराका साथ सुरु भएको तालिममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले प्रशिक्षण दिनु भएको छ । ७ दिन सम्म संचालन हुने तालिममा आधारभुत पत्रकारिता, समाचार लेखन शिप, मोवाईल जर्नालिजम लगायतको प्रशिक्षण गराईने नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताएका छन् ।