Thursday, April 23News That Matters

गाईघाटमा ७ दिने कुशन तालिम सम्पन्न

पूर्णपुष्टि, ४ असार ।
गाईघाटमा संञ्चालन भैरहेको ७ दिने कुशन सिलाई तालिम सम्पन्न भएको छ । प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा संञ्चालन भएको तालिम मंगलबार समापन गरिएको हो ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधुकर थापाको प्रमुख आथित्यतामा तालिमको समापन गरिएको हो । तालिममा २० जना महिला सहभागी रहेका थिए । घरेलु कार्यालयका प्रमुख नरेन्द्र पराजुलीले सिप सिकेका सबै महिलाहरुलाई व्यवसायीमा जोडिन अनुरोध गरे । सिप सिकेर प्रमाण पत्र मात्रै लिने अनि सिपको प्रयोग नगर्ने प्रवृत्ति रहेको भन्दै यसो नगर्न सहभागीहरुलाई उनले सुझाएको हो ।

सिपलाई व्यवसाय व्यवसायलाई रोजगारमा जोड्न सके मात्रै घरेलु कार्यालयले दिएको यस्ता तालिमको उचित सदुपयोग हुने उनको भनाई छ । तसर्त आगामि दिनहरुमा सिपलाई स्थगित गरी व्यवसायबाट बन्चित नबन्न पराजुलीले सहभागीहरु समक्ष अनुरोध गरे । यस्तै प्रमुख अतिथि घरेलु महासंघका अध्यक्ष मधुकर थापाले सिप विनाको मानिसको भविष्य अपाङगता हुने जनाए । मानिसको जिवनमा सिपको गुण हुनु पर्ने उनले बताए । सिप भएको मानिसहरुले जिवनलाई सहज बनाउन सक्ने भन्दै सिप अत्यावश्य रहेको थापाले बताए । उनले सिपले मानिसलाई बाँच्न र जिवनयापन गर्न सहज बनाउने उनको भनाई छ ।

यस्तै प्रशिक्षक समेत रहेकी ज्ञानु प्रधानले उपस्थित सबै सहभागीहरुले उत्साहका साथ सिप सिकेको जनाईन् । उनले आफुपनि लामो समयदेखी व्यवसायी र उद्यमीको क्षेत्रमा काम गर्दै आएको भन्दै सिकेका सिप प्रयोग गर्न सबैलाई आह्वान गरिन् । उनले व्यवसायीक क्षेत्रमा आउन सम्पूर्ण महिलाहरुलाई अनुरोध समेत गरिन् । पैसा हुनेले पैसै तिरेर पनि सिप सिक्नु पर्ने र यदि नहुनेहरुको पक्षमा भने आफुले निशुल्क सिप सिकाई उद्यमी बनाउन मदत गर्ने प्रधानले जनाईन् ।