Wednesday, June 24News That Matters

उदयपुर आएर सुवास चन्द्र नेम्वाङले भने” माधव नेपालको पार्टी खुट्टा विनाको टाउको


पूर्णपुष्टि, भदौ ३१
एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले माधव नेपालको पार्टीलाई बिभिन्न हिसावले टिप्पणी गर्दै जग दरिलो नभएको पार्टीको संज्ञा दिएको छ ।
पूर्वसभामुख समते रहेका नेता नेम्वाङले बुधबार उदयपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधव नेपालको पार्टी जोखिम रहेको बताए ।
नेम्वाङले शरिरको कुनै पनि वनावट नमिलेको र त्यो भन्दा पनि जोखिम शरिर थाम्ने खुट्टा नै सानो कम्जोर रहेको बताए ।
शरिरको वनावटबाट माधव नेपालको पार्टीको उदाहरण दिँदै उनले टाउको, सानो भएको शरिर सानो र बिचमा पेट मात्र अलिक फुलीएको र तल खुट्टा पनि कम्जो रहेको ब्याख्या गरे । उनले पार्टीको पेट फुल्नु भन्नुमा चै प्रदेशमा केहि संसदहरुले माधव नेपाललाई साथ दिएकाले पेट चै अलिक फुलेको संज्ञा दिए । तर पेटलाई थाम्न नसक्ने खुट्टाले कसरी शरिर बचाउने उनले प्रश्न गरे ।
नेम्वाङले नेपालकै उत्कृष्ट र विश्वासीलो पार्टीको रुपमा रहेको नेकपा एमाले देशको ठुलो पार्टीको रुपमा समेत रहेको ब्याख्या गरे । उनले सरकारले एमाले फुटाउन गरेको संड्यन्त्रमा लागेर बाटो विराएर गएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा फर्किन समेत आह्वान गरे ।
उनले अब केहि समय पश्चात एमाले पुन सरकारमै गएर जनताको काम गर्ने बताउँदै अन्जानमा पार्टी छाडेकाहरुलाई पुन पार्टीमा आउन आह्वान गरे ।
प्रदेश १ का पूर्व मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य हिक्मत कार्कीले माधव नेपालले पद नपाएका कारण पार्टी फुटाएको बताए । आफु पदमा हुँदा मात्रै एमाले नहुँदा पार्टी फुटाउँदै हिड्ने माधव नेपालको अलिकति पनि बिबेक उनले नरहेको बताए ।

उदयपुरमा सबै नेता कार्यकर्ताहरु एमालेमा रहेको दावी गर्दै केहि बिबेक गुमाएका व्यक्तित्वहरुले मात्रै माधव नेपालको पार्टीलाई साथ दिएको बताए । उनले जगन्नाथ खतिवडा र वलदेव चौधरीलाई कोट गर्दै उनिहरु पार्टी भित्रको धोकेवाज नेताहरु रहेको बताए ।