
पूर्णपुष्टि/उदयपुर, साउन १७ ।
नेपाल घरेलु तथा साना उधोग महासंघ उदयपुरले कोशी प्रदेशका उधोग कृषि तथा सहकारी मंत्रालयका सचिब डा.शरणकुमार पाण्डेलाई हिजो स्वागत गरेको छ ।
उदयपुरका उद्यमी, ब्यबसायीहरुले महासंघकाे कार्यालयमा स्वागत गरेकाे हाे । साे भेटमा उद्यमीहरुले आ आफ्ना समस्या र नितिगत सुधारका बिषयमा केन्द्रित रहि अन्तरक्रिया गरेका थिए । सचिब डा.पाण्डेले जिल्ला र प्रदेश स्तरिय उधोग धन्दालाई कसरी बिकाश गर्ने र चालू आ.ब. मा लघु घरेलु तथा साना उधोगको लागि गरिएको बजेटको अवस्थाका बिषयमा र कार्यन्वयनलाइ प्रभावकारी बनाउन प्रदेश भरी महासंघसंग सहकार्य गरेर अगाडि बढने धारणा राख्नु भयो । थुप्रै नितिगत समस्यालाई समाधान गर्न मंत्रालय दत्तचित्त भएर अगाडि बढेको उहाँले बताउनुभयो ।
स्वागत कार्यक्रममा घरेलु तथा साना उधोग कार्यलय उदयपुरका प्रमुख अर्जुन घिमिरे, कृषि ज्ञान केन्द्र पांचथरका प्रमुख महेश चौधरी, महासंघ कोशी प्रदेश बरिस्ठ उपाध्यक्ष मधुकर थापा, मंत्रालयका प्रशासन प्रमुख टंक प्रशाद न्यौपानेको उपस्थिति थियो भने जिल्ला स्थित उध्यमिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
