
पूर्णपुष्टि, फागुन २६
उदयपुर घर बताउँदै आएका एक ६६ बर्षिय बृद्ध सुर्खेतमा मृत भेटिएका छन् । उनि उदयपुरकै भक्त बहादुर राई रहेको प्रहरीले जनाएको छ । सुर्खेतमा मृत भेटिएपछि जिल्ला र नामको आधारमा सुर्खेत प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सम्पर्क गरेका थिए । जिल्ला र नाम खुले पनि अन्य बिविध ठेगाना र परिवार नखुलेपछि राईको शव बुझाउन समस्या परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले मृत भएको बृद्धको आफन्तहरु उदयपुरमा भए तत्कालै सुर्खेत प्रहरीमा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

स्थानीयसँग बुझ्दा यसअघि उनले आफ्नो घर उदयपुर सदरमकुाम गाईघाट भएको बताउदै आएको खुलेको छ । उनि सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ९ चोल्पा भन्ने ठाउँका हिराबहादुर शाहीको घरमा डेरा गरी बस्दै आएका खुलेको छ । यता सुर्खेत प्रहरीले फागुन १३ गते राई मृत अवस्थामा भेटिएका जनाएको छ। जिल्लास्थित ठाउँ र परिवारको पहिचान खुल्न नसकेपछि प्रहरीले उनको तस्वीर समेत सार्वजनिक गरेको हो ।
