
काठमाण्डौँ, फागुन २६
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा उपचार शिविरमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्दै हिमालयन आँखा अस्पताल पोखराका चिकित्सकको टोली । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ७७४ जनाको आँखा परीक्षण र दुई वटा साधारण शल्यक्रियासहित ४५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । (रासस)
