
पूर्णपुष्टि, बैशाख ८ ।
उदयपुर जिल्ला ब्याड्मिन्टन संघको आज चौदण्डीगढी नगरपालिकामा सम्पन्न जिल्ला अधिवेशनले किसन राई (कालिदास राई) को नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्बसहमत चयन गरेको छ ।
१५ सदस्यीय समितिको उपाध्यक्षहरुमा नारागण तामाङ (बसाहा), देविराज राई (बेल्टार), अनिल आले मगर (कटारी), नमस कार्की (बेलका), सचिवमा मेधजुद्ध मगर (ज्याक) र कोषाध्यक्षमा बादल खतिवडा सर्बसहमत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवनारायण चौधरी, राजकुमार थापा, शर्मिला राई, लिलाकान्त चौधरी, सुनिल पोखरेल, निलम खड्का रहेका छन् । निर्वाचित समितिको केही दिनपछि गाईघाटमा सपथ ग्रहण हुने जनाइएको छ ।
निवर्तमान अध्यक्ष राजेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहाल, विशिष्ट अतिथि कोशी प्रदेश ब्याड्मिन्टन संघका तदर्थ समिति सदस्य दिपक राई रहेका थिए ।
कार्यक्रममा चौनपा ५ का निवर्तमान वडाध्यक्ष देवनारायण चौधरी, बेल्टारकी अग्रज महिला ब्याड्मिन्टन खेलाडी, समाजसेवी एवम् राजनीतिककर्मी उर्मिला राई, बिशिष्ट अतिथि राई र प्रमुख अतिथि पर्वत दाहालले शुभकामना मन्तब्य दिएका थिए । उनीहरुले संघले हालसम्म गरेको काम र भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त र राम्रा खेलाडी उत्पादनमा ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा विभिन्न ब्याड्मिन्टन क्लवका अध्यक्ष, चौनपा कर्मचारी तेजनारायण पोखरेल, वाईसिइल नेपालका केन्द्रिय उपमहासचिव एविराज राई, कटारी नगर खेलकुद विकास समिति उपाध्यक्ष राजकुमार थापा, नेपाल पत्रकार महासंघ उदयपुरका सल्लाहकार पत्रकार भोटराज राई लगायतले आतिथ्य गरेका थिए । नगरपालिकाको पर्यटकीय एवम् पिकनिक स्पोर्ट कुवाखानीमा भएको अधिवेशनमा जिल्लाभरका खेलाडी प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रमलाई सफल बनाउन भुमिका खेल्ने सहयोगी तथा शुभचिन्तकहरुलाई कार्यक्रमका अध्यक्ष कार्कीले धन्यवाद ज्ञान गर्दै ६ वर्षको आफ्नाे नेतृत्वको कार्यकालबाट जिल्लामा कवर्डहल निर्माण गर्न सफल भएको र जिल्लाको विभिन्न ठाउँमा कवर्डहल निर्माणका लागि भुमिका खेलेर सहयोग पुर्याएको बताए । उनले अवको नयाँ कार्यसमितिले थप राम्रो उपलब्धी हासिल गर्न शुभकामना दिए । कार्यक्रममा सहयाेग चाैदण्डीगढी नगरपालिकाकाे रहेकाे थियाे भने ब्यवस्थापन सहयाेग बेल्टार ब्याडमिन्टन क्लव, बसाहा ब्याडमिन्टन क्लव, सुन्दरपुर ब्याडमिन्टन क्लव, युनिक ब्याडमिन्टन क्लव सिवाइ, सन्दासीबाबा ब्याडमिन्टन क्लव बेल्हीले व्यवस्थापनमा सक्रिय सहयाेग रहेकाे रेफ्री तथा अग्रज खेलाडी सन्ताेष कटुवालले बताए । कार्यक्रम साैहाद्रपूर्ण रुपमा सम्पन्न भएकाे बेल्टार ब्याडमिन्टन क्लवका निबर्तमान अध्यक्ष राजेन्द्र विद्राेहीले बताए । कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव रुवेन राईले गरेका थिए
