Thursday, May 21News That Matters

राजावास दुर्घटना : सवारीहरुमा अनुसन्धान जारी

पूर्णपुष्टि, ७ बैशाख ।
शुक्रबार राती युवालाई ठक्कर दिएर फरार रहेको सवारी अझै फेला पर्न सकेको छैन् । त्रियुगा नगरपालिका ९ राजावास स्थित बिहान ३ बजेको समयतिर गाडीको ठक्करबाट २४ बर्षिय बबी दनुवारको घर नजिकै हाईवेमा मृत्यु भएको थियो । राजवास चोक देखी झण्डै आदि किलोमिटर अगाडी मदन भण्डारी राजमार्गमा दनुवारको गाडी ठक्कर बाट मुत्यु भएको थियो । उनि साथी सँग बिबाह खान बेलुका घरबाट हिडेका थिए ।

साथी घर आएर सुते पनि मृतक युवा भने घर आएका थिएन । उनि भने घर पुगेर सुतिरहेको बेला बबि भने गाडीको ठक्करबाट सडकमै मृत फेला परेका थिए । गाडी ठक्कर दिएर फरार अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईका अनुसार मदन भण्डारी राजमार्ग चल्ने सवारीलाई अनुसन्धान गरिरहेको जनाए । दुर्घटना भएको समयको आधारमा हाल सम्म कयौँ सवारीलाई सोधपछ, चेकजाँच र अनुसन्धान गरिसकेको डिएसपी चापागाईको भनाई छ । अहिले भने जिल्ला प्रहरी कार्यालय परिसरमा एउटा सामान बोक्ने पिक अप लाई अनुसन्धान गरिरहेको अवस्था छ ।