Tuesday, April 14News That Matters

उदयपुर २ को समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्बजनिक, रास्वपा र श्रम संस्कृतीको प्रत्यक्षभन्दा बढि, एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको कम (कसले कति पाए ?)

२४ फागुन, २०८२ । उदयपुर
प्रतिनिधिसभा सदस्य चयनका लागि उदयपुर – २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो मत १६ हजार ८०१ आएको छ । यो मत सो क्षेत्रको प्रत्यक्षतर्फको भन्दा १ हजार ९९९ मत बढि हो । दोस्रो मत नेकपा एमालेलाई ६ हजार ५२४ आएको छ भने तेस्रो मत नेपाली कांग्रेसलाई ५ हजार ८१८ आएको हो । त्यस्तै चौथोमत श्रम संस्कृती पार्टीलाई ४ हजार ९९२ आएको छ भने पाँचौमा नेपाली कम्युनिष्ट पार्टीलाई ४ हजार ६९५ मत आएको छ । समानुपातिकमा एमालेले प्रत्यक्षभन्दा १ हजार १२४ मत कम पाएको हो भने कांग्रेसको पनि १ हजार ४७२ मत कम हो । नेपाली कम्युनिष्ट पार्टीले पनि ४२२ मत कम पाएको छ । श्रम संस्कृतीले भने यहाँ ८५३ मत बढि समानुपातिकमा पाएको छ । समानुपातिकतर्फको कुल मत ४५ हजार ७३ गणना हुँदा २ हजार ८८५ मत बदर भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय उदयपुर–२ ले समानुपातिकतर्फको मतगणना छिटो सकेको हो । आज एकाविहानै प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्बजनिक गरे लगत्तैदेखि समानुपातिकतर्फको गणना थालेको थियो ।