
पूर्णपुष्टि, फागुन २७ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीकी प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । यादवले शनिबार दिउँसो संसद भवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
राष्ट्रिय सभा सदस्य समेत रहेकी यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, बिरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन् ।
जसपाकै अर्का सांसद रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शनिबार बिहान बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । जसपाकै दुई जना उम्मेदवार र जनमत पार्टीकी ममता झालाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
