
पूर्णपुष्टि, चैत ३ । आज बिहान १० बजेबाट सुरु भएको उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । शुक्रबार दिउँसो तिन बजे सकिएको मतदानमा ८२९ मत खसेको छ ।
जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले बताए । आज साझँ ६ बजेसम्म मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झा उम्मेदवार रहेकी छन् । त्यस्तै जसपाकी प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिईन् तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।
