Wednesday, June 10News That Matters

उपराष्ट्रपति निर्वाचन : रामसहायसहित चार जनाको उम्मेदवारी कायम

पूर्णपुष्टि, फागुन २९ । उपराष्ट्रपति निर्वाचनका लागी उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यदवसहित चारै उम्मेदवारको उम्मेदवारी कायम रहने भएको छ ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भएका कारण उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै शनिबार नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले यादव विरुद्ध उजुरी दिएकी थिईन् । तर निर्वाचन आयोगको बैठकले आईतबार बिहान यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले आईतबार अपरान्ह सार्वजनिक गरेको नामावलिमा चारै जनाको नाम समेटिएको छ । राष्ट्रपति पदका लागी उम्मेदवारी दिएको अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झाको नाम समावेश छ ।

यहि फागुन २५ गते जनता समाजवादी पार्टीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो भने उनिमाथि प्रश्न उठ्न थालेपछि जसपाले प्रमिला कुमारीलाई पनि उम्मेदवार बनाएको हो । निर्वाचन आयोगले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने निर्णय गरे पनि मुद्दा पर्न सक्ने आशंकाले जसपाले आफ्नो पार्टीका दुबै उम्मेदवार कायम राखेको छ ।