
पूर्णपुष्टि, माघ १७ गते ।
नेपाल सरकारको संघीय उपसभामुख इन्दिरा राना मगरले उदयपुरको विकासमा चासो दिएकी छिन् । त्रियुुगा नगरपालिका, गाईघाटमा आज भएको उदयपुर विकास बोर्डको बैंठकमा सहभागि हुदै उपसभामुख मगरले उदयपुरको विकासमा चासो दिएकी हन् ।
बैंठकमा सहभागि आठै पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई लक्षित गर्दै दुुर्गमका बालबालिका तथा महिलाहरुको जीवन स्तर र स्वस्थ्य स्थिति अझै पनि नाजुक रहेकोप्रति सबैले ध्यान दिन आग्रह गरेकी छन् ।
उप सभामुख मगरले विकास समृद्धिको कुरा गर्दा अधिकारको कुरालाई विर्सन नहुने पनि उनको भनाई थियो । आपूm कुनै दल विशेषको नभइ निश्पक्ष र स्वतन्त्रपूर्वक संविधानले दिएको आफ्नो काम, कर्तव्य र अधिकारप्रयोग गरेर अगाडी बढ्ने बताइन् । उप भनेको चुप हो, जस्ता उखानहरुलाई वेवास्ता गर्दै देशैभरका उपसभामुख र पालिका उपप्रमुखहरुलाई प्रोत्साहन, हौसल्लाह दिँदै जाने बताइन् । कार्यक्रममा त्रियुुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले समग्र जिल्लाको विकासको रुपरेखा प्रस्तुत गर्दै सडक, विद्युत, सिचाई र पर्यटन प्रवद्र्धनमा जोड दिएको बताए । राज्यले जिल्लाको समग्र विकासमा सहयोग गर्न आग्रह गरे । जिल्लाको चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तहको समग्र विकासको पहलका लागि २०७५ सालमा बोर्डको स्थापना भएको थियो ।
उपसभामुख मगर आजै काठमाडौं फर्केकिसकेको सुरक्षा स्रोतले जनाएको छ ।
