
पूर्णपुष्टि, साउन ६
उदयपुरमा पनि चौथो लहरको कोरोना सुरु भएको छ । जिल्ला हस्पिटल उदपुरका अनुसार आज दुईजनामा कोरोना पुष्टि भएको जनाएको छ । त्रियुगा नगरपालिका १० बोक्सेकी २० बर्षिया महिला र जिल्ला हस्पिटल उदयपुरमै कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हस्पिटलले जनाए ।
उनिहरुलाइ ज्वरो आएपछि कोरोना चेक गरिएको थियो । हस्पिटलका अनुसार एन्टीजेन्ट टेष्ट गर्दा कोरोना फेला परहेको जनाईएको छ । केहि समय शान्त रहेको कोरोना नेपालमा फेरी सुरु भएको छ । भर्खरै नेपाललमा कोरोना संक्रमण बाट लामो समय पश्चात एक व्यक्तिले ज्यान समेत गुमाएको छ ।
पहिलो पटक चौथो लहरको कोरोना पुष्टि भएको छ । पहिलो चोटी यसरी अचानक चौथो लहरको कोरोना फेला परे सँगै सम्पूर्ण जिल्लावासीहरुमा सचेत रहन हस्पिटलले आग्रह समेत गरेको छ । स्वास्थ्यका मापदण्ड अनुसार हिड्डुल गर्न र अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।
