Sunday, April 19News That Matters

एमसीसी विरुद्ध सडकमा उत्रियो विप्लव


मौसम राई

पूर्णपुष्टि, भदौ २८
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले देशैभर एमसीसी विरुद्ध सोमवार विरोध जनाएको छ । राष्ट्रघाती एमसीसी नेपाली जनताहरुको हितमा नरहेको भन्दै कडा विरोध जनाएको हो । विप्लवले यस अघिनै पनि एमसीसी स्वीकार्य नहुने प्रतिक्रिया दिँदै आएको थियो । एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसी सम्झौताका लागि ४ दिन नेपाल भ्रमणमा आएपछि यसको विरोधमा जताततै बिभिन्न व्यक्ति पार्टी संस्थाहरुले खबरदारी गर्दै आईरहेको छ ।
माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।
सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।
उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।