Monday, April 20News That Matters

एसियन लाईफ इन्स्योरेन्सको ४६ औँ शाखा गाईघाटमा उद्घाटन

पूर्णपुष्टि, मंसिर १२
एसियन लाईफ इन्यस्योरेन्सको ४६ औँ गाईघाट शााखाको उद्घाटन भएको छ । आईतबार एक औपचारिक कार्यक्रमको साथमा शाखाको उद्घाटन भएको हो । एसियन लाईफ इन्स्योरेन्स कम्पनी प्रदेश नं २ का प्रमुख रामरुप सहनीले रिबन काटेर शाखाको उद्घाटन गरेको हो ।

देशभर गाईघाट सहित ४६ शाखा र १ सय भन्दा बढी उपशाखाहरु रहेका यस कम्पनीको गाईघाटमा उपशाखाको रुपमा मात्र रहेका थिए । उपशाखाको काम र तार्गेटको आधारमा गाईघाटलाई पनि शाखा बनाइएको छ । उद्घाटन कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ ।

कम्पनीका लागि तारगेट पुरा गरी उत्कृष्ट अभिकर्ता बन्न सफल भएका एक दर्जन बढी अभिकर्ताहरुलाई पुरस्कार प्रदान गरिएको गाईघाट शाखाका प्रमुख बाल कुमार राईले बताउनुभयो । राईका अनुसार १ बर्षमा ५ लाख बराबरको बिमा गराउने ५ जना, १० लाख बढी गराउने ३ जा, १५ लाख भन्दा बढी गराउने २ जना र २५ लाख बढी गराउने १ जनालाई पुरस्कार सहित सम्मान गरिएको छ ।

यसै गरी कम्पनीले दुई एम्डी आरडीलाई पनि बधाई पत्र सहित सम्मान गरेको छ । कम्पनीका २ नं प्रदेशका प्रमुखरामरुप सहनीले यो निरन्तरको मेहनतले गाईघाटले शाखा पाएको बताए । उनले कार्यालयका प्रमुख, कर्मचारीहरु, अभिकर्ताहरु सबैको अथक प्रयासले नै उपशाखा बाट शाखा बन्न सफल भएको बताए ।

फोटोफिचर