Saturday, May 16News That Matters

माओवादी केन्द्र रौतामाईको अध्यक्षमा बिरेन्द्र मगर बिजयी

पूर्णपुष्टि, मंसिर १२
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको दोस्रो गाउँपालिका अधिवेशनमा बिरेन्द्र मगरको नेतृत्व चयन भएको छ । मगरले प्रतिद्धन्दी ईश्वर राना मगरलाई हराउँदै माओवादी केन्द्रको रौतामाई गउँपालिका अध्यक्ष चयन भएको हो ।

कुल ५४ मतमा बिरेन्द्र मगरले ३७ मत लिएर अध्यक्षमा चयन भएको हो भने अर्का अध्यक्ष उम्मेदवार ईश्वर राना मगरले १६ मत मात्र ल्याएका थिए । यस्तै उपाध्यक्षमा समिक्षा मगर ४४, फुल कुमारी आले मगर ४० र देवेन्द्र वहादुर राया ३१ मतका साथ विजयी भएको छ । बाँकी दुईजना कमलसिंह मगराती र राम कुमार लायो उपाध्यक्ष पदमा हारेको छ ।

यता सचिवमा पदका लागि ३ जनाको उम्मेदवारीमा भरतमणी दाहालले जितेको छ । दाहाल २० मतका साथ सचिव पदमा विजयी भएको हो । उनले अन्य दुईजना तिर्थ तामाङ र गंगा बहादुर राना मगरलाई हराउँदै सचिव पद सुरक्षित गरेको हो । कमिटीमा सहसचिको पद गणेश राईलाई सर्वसहमत दिईएको छ । कोषाध्यक्ष पदका लागी दुईजनाको उम्मेदवारीमा कोपिला मगरले जितेको छ । मगरले प्रतिद्धन्दी दिनेश प्रसाद दाहाललाई हराउँदै कोषाध्यक्ष पद जितेकी हुन् । मगरले ३९ मत ल्याउँदा दाहालले १२ मत मात्रै ल्याएका थिए ।