Saturday, May 16News That Matters

गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न

पूर्णपुष्टि, मंसिर १४
गाईघाटको जगत भवनमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सोमबार सम्पन्न भएको छ । जिल्ला सम्मन्यन समितिको उप–प्रमुख गंगा राईको प्रमुख आतिथ्यमा घरेलु तथा साना यद्योग कार्यालयको सिलाई कटाई तालिम समापन भएको हो ।
“उद्योग र पूर्वाधार, समृद्धिको आधार” भन्ने नाराका साथ सञ्चालित ४५ दिने तालिममा त्रियुगा नगरपालिका भित्रका १२ जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागि सम्पूर्णले अनुशासित ढङगले काम सिकेको प्रशिक्षक ग्यानु प्रधानले बताउनुभयो । महिला दिदिबहिनीहरुलाई यहाँ सम्म ल्याइ पुर्याउन निकै मेहेनत गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा, नगर र जिल्लाबाट सहयोग पाए महिलाहरुलाई आर्थिक तथा व्यावसायीक रुपमा निकै अगाडी लान सकिने छ ।

छोटो समयको तालिममा धेरै कुरा सिक्न पाएको सहभागी भविमाया विकले बताउनुभयो । चौबन्दी चोली, कुर्ता सुर्वाल, सर्ट पाईन्ट, ग्राउन लगाएतका ७ आईटहरु तालिमका सिकाइएको विकको भनाई छ ।
महिलाहरु अझै पनि विभिन्न कारणले हिंसामा परेका छन्, जस मध्ये एक महिलाहरु आर्थिक रुपले सक्षम नहुन पनि हो । महिलाहरुलाई सिप सिकाएर आर्थिक रुपले सक्षम बताउन सकिएका अधिकांस हिंसा न्युनिकरण हुने जिसस उप–प्रमुख गंगा राईले बताउनुभयो । उहाँले भन्नु भयो “बजारको माग सिलाई कटाई रहेको छ । यो व्यावसाय नाफामुखी रहेको छ । तालिम लिईसकेपछि व्यावसायीक हुनुपर्छ ।”

वडा नम्बर ११ का वडा अध्यक्ष विश्वराज भट्टराईका अनुसार कुनै पनि सिप सिकिसकेपछि त्यसमा दिृढ विश्वारका साथ निरन्तर रुपमा अघि बढेमा सफल अवस्य हुन्छ । वडाबाट गर्न सकिने साथ सहयोग सधै रहने प्रतिवद्धता समेत भट्टराईले गर्नुभयो ।