
पूर्णपुष्टि, भदौ २४ ।
एसियाकै उत्कृष्ट सिमेन्ट परिचित गैडाछाप सिमेन्टको उत्पादन बृद्धिमा जोड दिदै उद्योग सुधारका लागि पहल, कदमी देखिएको छ । नयाँ महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उद्योग सुधारका काम भइरहेको हो । उद्योगको आन्तरिक प्रशासन, ब्यवस्थापन लगायत सम्पूर्ण पक्षलाई चुस्तदुरुस्त बनाउने पहिलो कदम देखिएको छ । सो अन्तर्गत मजदुर, कर्मचारी, लेखा, प्रशासन, ब्यवस्थापकमा अनुशासन, नीति, नियम र समयको परिपालनामा जोड दिएको पाइएको छ । उद्योग स्थापनाको ४४ वर्षे पुराना कुराहरुको खोजिनिति भएका छन् । विगतका कमिकमजोरीहरु केलाउने काम भएको छ । कमिकमजोरीलाई पाठको रुपमा लिदै सुधारका काम अगाडी बढाइएको देख्न सकिन्छ । “अहिले उद्योग सुधारको बाटोमा देखेका छौं ।” त्रियुगा उद्योग वाणिज्य संघ गाइघाटका पूर्व बरिष्ठ उपाध्यक्ष भरत चामलिङले भन्नुभयो “इच्चाशक्ति भएको नेतत्व भए काम हुने रहेछ ।”

हालको महाप्रवन्धक न्यौपाने, केही ठोस काम गरौं भन्ने धारणामा देखिएका छन् । उद्योगको उत्पादन बृद्धि गरी सम्पन्न बनाउने बाटोमा छन् । उत्पादन बृद्धिका लागि पुराना मेसिन, औजारहरुको मर्मत, संभार, सुधारमा खटिएका छन् । विगतमा काम लाग्ने सामान पनि खिला लगाएर राखिएका थिए । त्यस्ता सामानहरुको सदुपयोग गर्दै कम खर्चमै उद्योगको मेसिनरी पक्ष राम्रो बनाइरहेका छन् । नेतृत्व सहि भएपछि मजदुर, कर्मचारी पनि मेहनती, अनुशासित र लगनशिल देखिएका छन् ।
उनी आए लगत्तै उद्योग सुधारमा लागेका हुन् । सात महिनादेखि उनको नेतृत्व पाएको उद्योग सुधारको बाटोमा लागिसकेको छ । लेखा, प्रशासन, ब्यवस्थापन सिस्टममा पुगेको छ भने काम, उत्पादन, विक्रीमा सुधार छ । सिमेन्टको बजार प्रचार, डिलरहरुसंगको समन्वय राम्रो भएको छ ।
एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन गर्ने देशको सबैभन्दा ठूलो उद्योगको नेतृत्वको नाताले आफ्नो उद्योगदेखि जिल्ला र केन्द्रसम्मका निकाय, सरोकारवाला पक्षहरुसंग राम्रो समन्वय र सम्बन्ध बनाएका छन् ।

यसवर्ष उत्पादन क्षमताको ४७ प्रतिशत पुग्ने लक्ष छ । २४ लाख सिमेन्ट विक्री गरी १ अर्ब ५० करोड, ७ लाख आम्दानी लक्ष बोकेको उद्योगले खर्च कटाई १६ करोड १३ लाख आम्दानी हुने अनुमान गरेको छ । सिमेन्ट उत्कृष्ट हुनुको मुख्य तत्व चुनढुंगाको सदुपयोग र प्रवद्र्धनमा जोड दिएका छन् ।
“हामी एउटा निश्चित लक्ष र उद्देश्यका साथ लागि परेका छौं । महाप्रबन्धक न्यौपानेले भन्नुभयो “यो सब उद्योगको सुधार मात्र नभइ सम्पन्न बनाउनका लागि हो ।”
उद्योगले हालै एक विज्ञप्ती जारी गर्दै नयाँ महाप्रवन्धक आएपछिको उद्योग सुधारका प्रयास र उपलब्धीहरुबारे जानकारी दिएको छ । जसअन्तर्गत उद्योगमाथिको मुद्धामामिला, जग्गालिलाम, धितो, ऋण, हर्जनादेखि सामाजिक योगदानसम्मको कुरा समेटिएका छन् । ती सबै कुराहरुमा सुधार र सकारात्मक परिणाम देखिएका छन् ।
कमिसन, अनियमितता जस्ता भ्रष्टाचार, सोर्सफोर्स, मनपरी, राजनीतिक हस्तक्षेपका कारण धेरैजसो नकारात्मक खबर बन्ने गरेको उद्योगको सकारात्मक खबर नगन्य मात्रामा हुन्थ्यो । अहिलेका सुधारका यी कामहरु र अहिलेको नेतृत्वले सहि कदम चालिरहेमा सकारात्मक खबरहरुले बढि स्थान पाउने आशा गर्न सकिन्छ ।
उद्योगद्वारा जारी प्रेश विज्ञप्तीको पूर्ण अंश…














