Friday, May 15News That Matters

कांग्रेस अधिवेशन : प्रकास खड्का प्यानलको नगर समिति घोषणा

पूर्णपुष्टि, भाद्र २३
नेपाली कांग्रेसको त्रियुगा नगर समितिको आसन्न भाद्र २७ गते हुने नगर समितिको अधिवेशनको लागि उदयपुरको त्रियुगा नगर समितिको पदाधिकारी घोषणा गरिएको छ । त्रियुगा नगर सभापतीमा प्रकास कुमार खड्का समुहले बुधबार एक कार्यक्रमका विच गाईघाट स्थित होटल टाउन हलमा उम्मेदवारी घोषणा सभा गरिएको हो । खड्का प्यानलबाट उप सभापती पदमा निर बहादुर आलेमगर, गणिताकुमारी चौधरी सचिव पदमा केशव प्रसाद पौडेल, भविन्द्र राई सह सचिव पदमा फुलकुमारी अधिकारी (कल्पना) र अर्जुनकुमार राउतको उम्मेदवारी घोषणा गरिएको हो । त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतको अध्यक्षतामा आयोजित घोषणा सभामा नेपाली कांग्रेसका पूर्व सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, त्रियुगा नगरका संस्थापक सभापती चक्रमणी पोख्रेल, कांग्रेस उदयपुर तरुण विभागका प्रमुख सुमन्त कोइराला, महिला नेतृ सरिता राई, नेपाली कांग्रेस त्रियुगा नगरपालिका २ का सभापती बासु खतिवडा, ६ का सभापती कृष्ण बुढाथोकी लगायतले शुभकामना मनतव्य दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स्थित नेताहरु, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, विभिन्न वडाका वडा सभापती, निर्वाचित जनप्रतिनिधि लगायतको ठूलो उपस्तिथी रहेको थियो । कार्यक्रमको स्वागत कांग्रेस नेता राजकुमार राउतले गरेका थिए ।