
पूर्णपुष्टि, फागुन २८ । ओखलढुँगा बाट काडमाण्डौँ तर्फ जाँदै गरेको यात्रुवाहक वस सिन्धुलीमा दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिकामा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
