
पूर्णपुष्टि, फागुन २८ । गाईघाटमा आईतवार भएको वन्दले सामान्य प्रभाव पारेको छ । किरात राई यायोख्खाको नेतृत्वमा आयोजित आम हड्तालले पूर्णता लिन नसक्दा सामान्यतया असर पारेको छ । कोशी प्रदेश खारेजीको माग राख्दै हिजो बेलुका राँके जुलुस र पुत्ला दहन गरिएका थिए । यता पूर्वको शहरहरुमा भने वन्दले प्रत्यक्ष प्रभाव पारेको छ । इटहरी, धरान लगायतका शहरहरुमा भने यसको प्रत्यक्ष प्रभाव देखिएको हो ।
