Sunday, June 28News That Matters

ओमानबाट १४७ नेपाली काठमाण्डौ आइपुग्यो

पूर्णपुष्टि, असार ४ गते ।

आज ओमानबाट १ सय ४७ जना नेपाली स्वदेश फर्किएका छन् । सलाम एअरको फ्लाइट नम्बर ओभी ४२७ मार्फत १ सय १० जना पुरुष र ३७ जना महिला काठमाण्डौ आई पगेको हो ।

विमानस्थल र होल्डिङ् सेन्टर हुँदै सिधै होम क्वारेण्टीनमा जान पाउनेछन् । ओमानमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सलाम अएरमार्फत स्वदेश फर्काइरहेको छ ।

सरकारले तोकेको भन्दा सस्तो भाडादरमा दूतावासले ओमानबाट नेपालीलाई स्वदेश फर्काएको छ । एकतर्फी उडानको भाडा १ सय १५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार ४ सय २३ रुपैयाँ तोकेको छ । यो भाडादर सरकारले स्वदेश फिर्तीका लागि तोकेको भन्दा सस्तो हो ।

सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३ सय ६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ८ सय १६ रुपैयाँ हो ।