Thursday, July 2News That Matters

ओलीको व्यंग्य : अमेरिकी बैंकको आधा सम्पत्ति मेरै भनिदिए पनि हुन्छ

पूर्णपुष्टि, मंसिर ७ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी बैंकमा आफ्नो सम्पत्ति रहेको आरोप लगाउनेलाई प्रमाणसहित बहस गर्न चुनौती दिएका छन् ।

शुक्रबार राजधानीको दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आरोपका लागि मात्र आरोप लगाउने प्रवृत्ति रहेको बताए । उनले व्यंग्यात्मक शैलीमा भने, ‘कम्बोडियामा ३२ हजार करोड, स्विस बैंकमा यति हजार रुपैयाँ छ भन्दिए भयो, अमेरिकी बैंकको आधा सम्पत्ति मेरै हो भनिदिए पनि हुन्छ।’ ओलीले अन्य दलका केही नेताहरू भने सामान्य अवस्थाबाट एकाएक अर्बौंको मालिक बनेको भन्दै यसबारे प्रश्न उठाए ।