
पूर्णपुष्टि, ७ मंसिर ।
यहि मंसिर १६ गते त्रियुगा नगरपालिका १२ नं वडामा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले नेकपा माओवादी केन्द्रलाई सघाउने भएको छ । शुक्रबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै दुई पार्टीले माओवादी केन्द्रका उम्मेदवार नविन वान्तावा राईलाई सघाउने निर्णय गरेको जनाए । जसपा पार्टीका नेताहरु सिद्धान्त राई, घनश्याम कटुवाल, छिवाहाङ राई, हस्त शोभा र जिल्ला अध्यक्ष ओसन घिमिरे र विप्लव बाट नगर सेक्रेटरी बिमल सी लगायतको उपस्थितिमा माओवादी केन्द्रलाई सघाउने जानकारी गराएको हो ।
माओवादी केन्द्रका नगर अध्यक्ष मानवाहदुर राई, जसपा अध्यक्ष ओसन घिमिरे र विप्लका नगर सेक्रेटरी बिमल सी को संयुुक्त हस्ताक्षर बिज्ञाप्तीमा यी तिनै पार्टीहरु उपनिर्वाचनमा एक भएर उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने भनिएको छ । त्रियुगा १२ मा एक स्वतन्त्र सहित ९ दलले उम्मेदवारी दिएको छ । जसपाले भने आफ्नो उम्मेदवार उठाएका थिएन् । गत ५ गते यी तिनै पार्टीले माओवादी उम्मेदवारलाई सघाउने बारे आन्तरिक छलफल गरेका थिए । यी तिनै पार्टी केन्द्रमा पनि मोर्चा भएको हुँदा नजिकको हिसावले माओवादीलाई सहयोग गरेको बिप्लव सीले जनाए । पत्रकार सम्मेलन कार्यक्रममा माओवादी नेताहरु राजन किराती, केपी बराल, मणी खम्वु, सम्झना पाख्रिन, मोहन खत्री, राधारमण खतिवडा, उम्मेदवार नविन राई लगायतको उपस्थिति रहेको थियो ।

