
पूर्णपुष्टि, भाद्र २९ गते ।
डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–३ का ३३ बर्षीय बिजय दाहाल रहेका छन् ।
मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको साथै दाहालले रकम समेत माग गरेको प्रहरीले जनाएको छ । बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
