Friday, May 15News That Matters

फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भाद्र २९ गते । 

जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना ११ दिन कैद र रु.२५,०००÷– (पच्चिस हजार रुपैया) जरीवाना तोकेता पनि फरार रहँदै आएका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उप महा नगरपालिका – २० तरहराका ३१ बर्षीय बाबु बुढाथोकी भन्ने बिकास बुढाथोकी रहेका छन् ।फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT समुहको प्रहरी टोलीले बुढाथोकीलाई मंगलवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागी कारागार पठाएको छ ।