
पूर्णपुष्टि, ६ बैशाख ।
उदयपुरको कटारीमा जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा मापदण्ड विपरिद संञ्चालन गरिएका दुई पसललाई कार्वाही गरेको छ । म्याद गुज्रेका सामग्री, अवैध समान, मापदण्ड विपरिदका पसलहरूको अनुगमन तथा परीक्षण गर्न गर्ने क्रममा दुई पसललाई भने कार्वाही गरेको छ ।
प्रशासनको टोलीले बुधबार र बिहीबार उदयपुरको कटारी र घुर्मि बजारका विभिन्न स्थानका ३९ ओटा पसल अनुगमन गरेको थियो । जस मध्ये २ परेको हो । कारबाहीमा पर्नेमा श्रवण किराना जनरल स्टोर कटारी र राहुल जनरल स्टोर घुर्मी रहेको छ । यी दुवै पसललाई ५÷५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका स्थानीय प्रशासन शाखा प्रमुख विमल कुमार रानाले जानकारी दिए।
अन्य पसललाई भने तत्काल सुधार गर्न निर्देशन दिँदै सचेत गराईएको रानाले बताए । खाद्यन्न पसलहरुमा चलाईएको अनुगमनमा
म्याद गुज्रेका ५६ हजार बराबरको सामग्री नष्ट गरेको रानाको भनाई छ ।
अनुगमनमा २ सय केजी मैदाका प्याकेटमा म्याद सकिने मिति हटाएर आफैले लेखिएको समेत पाइएको थियो । साथै २८ कार्टुन अवैध मदिरा जफत गरी सिल समेत गरिएको छ। प्रशासनको संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय उदयपुर, ईलाका प्रशासन कार्यालय कटारी ,घरेलु कार्यालय ,करदाता ,खाद्य तथा गुण नियन्त्रक,नगरपालिका, ईलाका प्रहरी कार्यालय कटारी र उधोग बाणिज्य संघ कटारीको संयुक्त सहभागी रहेको थियो ।
