Tuesday, June 2News That Matters

राजावासमा गाडीको ठक्करबाट युवाको मृत्यु, ठक्कर दिने गाडी फरार

पूर्णपुष्टि, ७ बैशाख ।
शुक्रबार बिहान गाडीको ठक्कारबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालका वडा नं ९ राजावासका २४ बर्षिय बबि दनुवारको गाडीको ठक्करबाट ज्यान गएको हो । बिहान करिब ३ बजेको समय तिर दनुवारलाई गाडीले ठक्कर दिएको स्थानीयले थाहा पाएका थिए । ठक्कर दिने गाडी फरार अवस्थामा रहेको छ । गाडीको खोजी कार्य जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेको छ । मृत्यु भएको युवाको शव जिल्ला हस्पिटल उदयपुरमा राखिएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।