
पूर्णपुष्टि जेष्ठ १३
काटारी नगरपालिकाका नवनिर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठले सपथ लिएको छ । शुक्रबार उदयपुर जिल्ला अदालतका जिल्ला न्याधिशले श्रेष्ठलाई गोपियनिताको सपथ खुवाएको हो । श्रेष्ठ कांग्रेसबाट कटारी नगरपालिकाको मेयरमा बिजयी बनेका थिए । उनले एमालेका प्रतिद्धन्दी र स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै मेयरमा जित निकालेका थिए । सपथको क्रममा श्रेष्ठले जनतामाझ सासक नभई सेवक बनेर जाने बताए । उनले निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचत अधिकृतको कार्यालय तथा कर्मचारी र मतदाताहरुलाई बिषेश धन्यवाद समेत दिए ।
