
पूर्णपुष्टि, जेठ १३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–३ को मतगण्ना सकिएको छ । ३ नं. वडामा नेपाली काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका तिलकबहादुर कटुवा विजयी भएका छन् । कटुवालले १ हजार ९३ मत ल्याएर आफ्नो प्रतिस्पर्धी नेकपा एकालेका उम्मेदवार धर्मबहादुर तामाङलाई पराजित गरेर विजयी भएका हुन् । तामाङलाई कटुवालले २ सय ७४ मतले पछाडी पारेर जीत हासिल गरका छन् । यता तामाङले ८ सय १९ मत प्राप्त गरेको थियो ।
सदस्यहरुमा काँग्रेसकै गोमाकुमारी राउतले १ हजार ७७ मत ल्याएर विजयी छिन्, भने दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुनिता गजमेर १ हजार ७७ मतका साथ विजयी भएकी हुन् । खुल्ला सदस्यमा काँग्रेसबाट कानन चौधरीले ९ सय ३१ मत ल्याएको र नेकपा एमालेकाबाट जयनारायण ढकालले ८ सय ८५ मत ल्याएर जीत हासिल गरेको छ ।
