Monday, April 20News That Matters

कटारीको बेलसोत खोलामा झोलुङ्गे पुलको उद्घाटन

पूर्णपुष्टि,असार १६ । उदयपुरको कटारी नगरपालिका वडा ननम्बर-१ खसिवास स्थित बेलसोत खोलामा झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको बीच उदयपुर क्षेत्र नम्बर २ का सांसद अम्बर बहादुर रायमाझी र कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठले संयुक्तमा पुलको उद्घाट गरेको हो । उक्त पुलको ५९ लाख ९९ हजार ९ सय ६५ रुपैयाँको कुल लागतमा निमार्ण भएको जनाएको छ ।

उद्घाछनमा सांसद राईमाझीले खसिबासको सडक निर्माणका लागि प्रदेश र संघमा पहल गर्ने बताए । यस्तै यस क्षेत्रमा कृषि तथा पशुपालनको सम्भावना रहेकोले पकेट क्षेत्रको रुपमा बिकाश गर्दै लैजानु पर्ने पनि बताए ।

यता नगर प्रमुख श्रेष्ठले खसिबासको सडकलाई रिङरोडको रुपमा बिकाश गर्नुपर्ने र उक्त सडकलाई बाहृै महिना सञ्चान गर्न सक्ने गरि स्तरउन्नतिका लागि बजेटको व्यवस्था गरिदिन पनि सांसद रायमाझीलाई श्रेष्ठले आग्रह गरे ।

वडाध्यक्ष पदम बहादुर मगरले सडक निर्माणका लागि वडाले नसक्ने भएकाले केन्द्र सरकारले बजेट दिनुगर्ने बताए । पुल निर्माण भएपछि स्थानियलाई सहज भएको भन्दै सडक निर्माण गरिदिन स्थानिय ज्ञान बहादुर लामाले आग्रह गर्नुभयो ।

पुल ५९ लाख ९९ हजार ९ सय ६५ को लागतमा निर्माण गरीएको हो । कटारी नगरपालिकाको सहयोगमा निर्माण गरीएको पुलले खसिबास, एक्लेसल्लाका स्थानियलाइ लावान्भित बनाएको छ । पुल निर्माण भएपछि गाँउका बालबालिकालाई बिद्यालय जान सहज भएको छ । पुल निर्माणका लागि गत बर्ष उपभोक्ता समिति सँग कटारी नगरपालिकाले सम्झौता गरेको थियो ।

कार्यक्रममा नगर उप–प्रमखु गिता खड्का वडाअध्यष पदम बहादुर मगर वडा नम्बर ४का पूर्व वडाअध्यक्ष कृष्णराज दनुवार, उदयश्री बहुमुखी क्याम्पस कटारीका प्रमुख मुकेश थापा, एमाले नगर कमिटी कटारीका अध्यक्ष संञ्जिव कार्की र नगर सचिवालयका सुदिप बरा लागाएतका उपस्थिति रहेको थियो ।