Monday, April 20News That Matters

प्रधानमन्त्री कार्यक्रम अन्तरगत त्रिनपा १४ मा ८ वटा योजना सम्पन्न

पूर्णपुष्टि,असार १६ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत त्रियुगा नगरपालिका वडा नम्बर १४ मा ८ वटा निर्माण तथा मर्मत कार्यको योजना सम्पन्न भएको छ । कार्यक्रमकी त्रियुगा नगर संयोजक निशा घलेका अनुसार वडामा ती ओटा सडक निर्माण र अन्य पाँच ओटा मर्मत योजना सम्पन्न भएको जनाईन् ।

यस कार्यक्रम अन्तर्गत धापखर्क भाडखर्क चप्पन सडक मर्मत अन्तरगत ५४५० मिटर तथा १०० मिटर सुख्या नाली निमार्ण, साउने चौक शौचालय भवन निर्माण, बैपानी टोड्के किर्किचो सडक मर्मतमा २६२० मिटर सडक सरसफाई र ३००० मिटर सुख्खा नाली खन्ने काम र सडक मर्मत, कृष्ण मन्दिर निर्माणको पील्लर र वाल निर्माण, आधारभूत स्वास्थ्य सेवा केन्द्र बाजगरामा १ भवनको जग पील्लर र जस्ता लगाउने काम, प्रभात हरियाली सहकारी भवन प्लास्टर र पेन्टीङ्ग र झ्याल लगाउने, वाइरिङ र इटाको वाल र जस्ता लगाउँने काम, छतिवने बलौटे खोलाबो दायाँ पायाँ बाध निर्माणमा २१ मिटर जाली लगाईयो र पूमाङ्ग कडमे खोलाको कुलो मर्मत गर्ने काम १३२० मिटर १२६ मिटर र आर सि.सि कुलो निर्माण कार्य सम्पन्न भएको हो ।

नगरपालिकामा कामका लागि पारिश्रमिकमा आधारित आयोजनाबाट ३० वटा योजना रहेको र युव रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत ३ वटा गरी जम्मा ३३ योजना रहेको जनाएको छ । जस्तै नगरपालिका भरी वेरोजार व्यक्तिको संख्या १२९५ रहेको र ती मध्य २७० जना लाभान्वित रहेका छन् । साथै वडा नम्बर १४मा मात्र ९३ जना लाभान्वित संख्या रहेको छ ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ फाल्गुण १ गते देखि प्रधानमन्त्री रोजगार र्कायक्रमको औपचारिक समुद्घाटन पश्चात ७५३ वटा स्थानीय तह ७ वटा प्रदेश र संघिय सरकारका लागि आवश्यक पर्ने कानुन र जनशक्ति छनौट पश्चात कार्यक्रम कार्यान्वयनमा आएको थियो ।

गत मंसिरको ११ गते देखि योजना निमार्ण कार्य सुरु भएको र २०८० जेष्ठको ३१ गते सम्पुर्ण योजनाहरु सम्पन भई भुक्तानी भईसकेको उनले बताइन् ।