Monday, April 20News That Matters

खाँबुमा फेला पर्याे आकर्षक झरना

पूर्णपुष्टि, १६ असार ।
त्रियुगा नगरपालिका वडा नं १५ पर्यटकीय सम्भावनाको वडा पनि हो । जिल्लाकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थल रौता पोखरीसँग जोडिएको यो वडा वातावरण हिसावले निकै उत्कृष्ट मानिन्छ । हावा पानी, वन जंगल, भौगलिक क्षेत्र र खोला नालाका कारण यस ठाउँलाई पर्यटकहरुले रुचाउने गरेको छ ।

वडामा पर्ने बाखोर बैथुम्की डाँडाँ, रानीवास, हुवास, बरुवा डहर र रमिते डाँडाँ पर्यटकहरुको रोजाई पर्ने स्थानहरु हो । यो सँगै पछिल्लो समय वडाले पर्यटकको लागि अर्को आकर्षण स्थान निर्मली झर्नाको पनि पहिचान गरेको छ । छाम्लीङ छेउ चिउरी डाँडाँ मुनी डुकुटारमा रहेको झरना वडाको अर्को पर्यटकीय गन्तव्य सम्भावना बोकेको स्थान हो ।


सम्भावनाले अघि रहेपनि यो झरना पर्यटकहरुदेखी लुकेर बसेको अवस्था छ । वडा सदस्य डम्वर बहादुर राईका अनुसार हाल यो झर्ना ब्यवस्तामा परेको हो । अँधेरी खोलाको छालबाट झरेको यी झरनालाई प्रचार प्रसार, संरक्षण र व्यवस्थीत गर्न सके वडामा पर्यटन गन्तव्यको लागि थप टेवा पुग्ने सदस्य राईको भनाई छ ।

खोस्ला र भिरालो ठाउँमा रहेका कारण झर्ना सम्म पुग्न बिषेशगरी सडक नै निर्माण छैन् । स्थानीयहरु प्नि सडक अभाव, झर्नाको उचित व्यवस्थापन र प्रचार प्रसारले पछि पर्दा यो स्थान ओझेलमा परेको बताउँछन् । सदस्य राईले यस स्थानलाई स्थानीयवासी र स्थानीय सरकारले ध्यान दिनु पर्ने बताएको छ । बिषेशगरी यी दुई पक्षले यसको संरक्षण र व्यवस्थापनमा चासो बढाउनाले झर्नालाई पर्यटकहरु सँग निजक बनाउन सकिने सदस्य राईको भनाई छ । त्यसका लागि सर्वप्रथम सडक निर्माणमा जोड दिनु पर्ने अवस्था छ ।