
पूर्णपुष्टि, जेठ १० गते ।
उदयपुरको कटारीमा गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार राजेस चन्द्र श्रेष्ठ ५४८४ मतका साथ अगाडी रहेका छन् । एता उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ४७६५ मतका साथ पछ्याउदै छन् । दवै प्रतिस्पर्धी बीचमा ७१९ मतको मतान्तर रहेको छ ।
यता एमालेबाट उपमेयर पदका रहेका गिता खड्काले ५०४८ मत ल्याएर अगाडी रहेका छन् । उनको प्रतिस्पर्धी नेकपा एसका उम्मेदवार हृदयबहादुर तामाङ ३२८५ मतका साथ खड्कालाई पछ्याइरहेका छन् । उपमेयर पदमा खड्काको जीत गरिब निश्चित भैसकेको देखिन्छ, भने मेयर पदको उम्मेवारहरुको लागि मतगणना गर्न बाँकी भएका १ र २ नं. वडाको मत निर्णायक हुने छ ।
