Saturday, June 13News That Matters

कटारीमा प्रहरी चौकीलाई विपद उद्धार सामाग्री वितरण

पूर्णपुष्टि,चैत्र ८ । उदयपुरको कटारी नगरपालिकाद्धारा कटारी आसपासका ट वटा प्रहरी चौकीलाई विपदको समयमा आवश्यक उद्धार सामाग्री वितरण गरिएको छ । नगरपालिकाका उप–प्रमुख गिता खड्काले प्रहरी चौकी प्रमुखहरुलाई मंलवार उद्धा सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

नगरका बिभिन्न ६ वटा प्रहरी चौकीहर मध्य प्रहरी चौकी वडा नम्बर १ को वेलसोत , ७ को प्रहरी चौकी रिस्कू , १२ को प्रहरी चौकी वसेरी , १४ को प्रहरी चौकी घुर्मी , १० को प्रहरी चौकी सोरुङ्ग छविसे , र ११ को अस्थायी प्रहरी पोष्ट वेतेनीलाई सामाग्री वितरण गरेको हो ।

प्रत्यक प्रहरी चौकीहरुलाई उद्धार गर्ने डोरी प्रति चौकी सय मिटर एक एक थान , मल्ट्रप्रपोज हम्मर , भर्याँङ्ग , लाईफ ज्याकेट चार चार थान , हेडलाईट दुई दुई थान , पञ्जा चार चार थान , सेप्mटी ज्याकेट चार चार थान , हेल्मेट चार चार थान , स्ट्रेचर , साबेल लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

कुनै पनि आईपर्न सक्ने विपतमा क्षति न्युनिकरण गर्नका लागि प्रतिकार्य सामाग्रीहरु वितरण गरिएको उपमेयर खड्काले बताउनुभयो । त्यसैगरी उक्त सामाग्रीहरु नगरपालिकाले नगरपालिकाको दमकल शाखामा समेत राखेको छ ।