Friday, May 22News That Matters

कटारीमा रक्तदान कार्यक्रम सम्पन्न, ३९ जनाले गरे रक्तदान कार्यक्रम

पूर्णपुष्टि,चैत्र १७ । उदयपुरको कटारीमा प्रेमवाद दर्शनका स्वामी डा.वालतपशी सतगुरु ओमनन्द हि जलोहिनेश मास्टर गड एन्जल गुरुहजुरको ४२ औं जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेवेन्ली निर्माणा पाथको आयोजनामा सम्पन्न रक्तदानमा ३९ जनाले गरे रक्तदान गरेको हो ।

कार्यक्रममा २४ महिला र १५ पुरुष गरी ३९ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी सुनसरी र उदयपुर उद्योग वाणिज्य संघ कटारीको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्का लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

समितिले कटारीमा विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ । सामाजिक रुपमा विभिन्न सहयोग तथा गतिविधिलाई निरन्तरता दिएको पनि समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।