
पूर्णपुष्टि,चैत्र १७ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको संख्या पढ्दो देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार ७९ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार एकैदिन एक सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो । गत दुईसातादेखि भारतमा पनि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो। हिजो ९बिहीबार० पनि ४२ जना संक्रमित भेटिएका थिए ।
स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ । साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
