Sunday, June 14News That Matters

कप्तान रुबिना सहित सीता फेयरब्रेक खेल्न हङकङ प्रस्थान

पूर्णपुष्टि, चैत्र १७ । राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुबिना क्षेत्री सहित सीता राना मगर फेयरब्रेक इन्भाइटेसनल टी–२० लिग खेल्न हङकङ प्रस्थान गरेकी छन् । फेयर ब्रेक इन्भाइटेसनल टी–२० लिगको दोश्रो संस्करण खेल्न क्षेत्री र मगर आज (शुक्रबार) हङकङ प्रस्थान गरेका छन् ।

हङकङमा हुने फेयर ब्रेक इन्भाइटेसनल टी–२० लिगको दोश्रो संस्करण अप्रिल ३ देखि सुरु हुदैँछ । दुबै खेलाडीले दोस्रो पटक सो प्रतियोगिता खेल्न लागेका हुन् । रुबिनाले बार्मी आर्मी र सीताले टोर्नाडोजबाट खेल्नेछन् । गत सिजन सीता आबद्ध टोर्नोडोजले उपाधि जितेको थियो । सो प्रतियोगितामा विश्वका २८ देशका कुल ८३ खेलाडीहरुले ६ टोलीमा रहेर खेल्नेछन् ।