Friday, May 22News That Matters

आज राष्ट्रपति पौडेलद्धारा नयाँ मन्त्रीहरुले शपथ लिदै

पूर्णपुष्टि,चैत्र १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । गठबन्धन दलमा मन्त्रालयको सहमति जुटेपछि आजै ३ बजे मन्त्रीहरुको शपथ गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्न लागेका हुन्। प्राप्त अनौपचारिक सूचीअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत,रमेश रिजाल, सीता गुरुङ मन्त्री हुँदैछन्।

यता माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेतले पनि मन्त्रीको शपथ लिन लागेका छन् । नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल र प्रकाश ज्वाला, जसपाका अकोश राई, लोसपाका शरतसिंह भण्डारी, उन्मुक्तिकी रञ्जिता श्रेष्ठ र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले मन्त्रीको शपथ लिँदै छन्।