Tuesday, June 2News That Matters

कमिसनको लागि ३ साझेदारीको हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजानिक गर्यो

पूर्णपुष्टि, माघ २१
कमिसनको खेलमा ३ साझेदारीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले सार्वजानिक गरेको छ । मोरङमा दुई जनाको र काठमाण्डौँमा एक जनाको गरी पालैपालो ३ जनाको हत्यामा संलग्न मुख्य योजनाकार सहितलाई प्रहरीले सार्वाजानिक गरेको हो । बिभिन्न कम्पनीहरुमा लगानी रहेको अवस्थामा १ करोड बढी कमिसन आउने र सोहि कमिसनको लागि ३ जनाको हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मोरङ प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार अनिल मण्डल सहित अन्य दुईजनालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक प्रहरीले सार्वजानिक गरेको हो । यीमध्ये मण्डल घटनाका मुख्य आरोपी हुन् भने अन्य दुई उनका सहयोगीहरु हुन् ।

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।